काठमाडौं । आयात र निर्यात दुवै बढ्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात ३.७९ प्रतिशत निर्यात ७.६८ प्रतिशतले खुम्चिएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्म नेपालले ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको आयात गरेको छ ।