काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय अनुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन नियामकीय निगरानी कडा बनाएको छ। पछिल्लो समय केन्द्रीय बैंक ग्राहकको खातामा अनधिकृत पहुँच, नगद अपचलन तथा कर्जा सीमा उल्लंघनजस्ता विषयमा शून्य सहनशीलताको नीतिअनुसार अघि बढिरहेको देखिन्छ। यही क्रममा बैंकिङ मापदण्ड तथा निर्देशन उल्लंघन