काठमाडौं। बैंक तथा वित्तीय संस्थासँग ऋण प्रवाह गर्न पर्याप्त स्रोत हुँदाहुँदै पनि निजी क्षेत्रले नयाँ कर्जा लिन चासो देखाएको छैन। बैंकिङ प्रणालीमा करिब १४ खर्ब रुपैयाँ बराबरको अधिक तरलता थुप्रिएको अवस्थामा पनि उद्योग, व्यापार र अन्य उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्दा अर्थतन्त्रको गति अपेक्षाअनुसार बढ्न सकेको छैन। तरलता फालाफाल