६ कार्तिक २०८३, शुक्रबार

अर्थपथ स्टोरी

आर्थिक सङ्कटबाट जोगाउने ५०-३०-२० को नियमः कसरी बनाउने बजेट र आपत्कालीन कोष ?

काठमाडौँ । महिनाको सुरुवातमा तलब आएपछि हातमा पैसा पर्याप्त जस्तो लाग्छ। तर घरभाडा, खाना, बिजुली–पानी, यातायात, औषधोपचारदेखि व्यक्तिगत खर्चसम्म गर्दै जाँदा महिनाको अन्त्यमा पुग्दा खाता रित्तिन सक्छ। त्यसमाथि अचानक बिरामी परियो, जागिर गयो वा ठूलो आर्थिक दायित्व आइलाग्यो भने नियमित आम्दानी हुने मानिससमेत ऋण लिनुपर्ने अवस्थामा पुग्न सक्छ। वास्तवमा आर्थिक