काठमाडौं । भारतको तुलनामा नेपालमा दोब्बर बढी ब्याज पाइने भए पनि नेपालबाट भारतीय बैङ्कमा बढी पैसा जान थालेको पाइएपछि बैंकरहरु तनावमा परेका छन् । सीमावर्ती भारतीय बैङ्कमा नेपालबाट दैनिक करोडौँ निक्षेप जम्मा हुन थालेको पाइएको एक बैंकरले बताए । ‘एउटै बैङ्कमा दैनिक डेढ–दुई करोड पैसा जम्मा भइरहेको खबर आएको छ’,