२४ भदौ २०८३, बुधबार

अटो

सुरक्षामा नम्बर वान: स्कोडा कायलाकले पायो प्रतिष्ठित ५-स्टार सेफ्टी रेटिङ

काठमाडौं । आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकले भारत एनक्याप क्र्यास टेस्टमा प्रतिष्ठित फाइभ-स्टार रेटिङ प्राप्त गरेसँगै स्कोडा इन्डियाले सुरक्षाप्रतिको आफ्नो दृढ प्रतिबद्धता पुनः प्रमाणित गरेको छ। भारत एनक्याप परीक्षणमा सहभागी हुने स्कोडाको यो पहिलो मोडल हो, र प्राप्त नतिजाहरूले पनि ग्राहकलाई उत्कृष्ट सुरक्षा प्रदान गर्ने स्कोडाको प्राथमिकतालाई अझ स्पष्ट