२१ कार्तिक २०८३, शनिबार

बैंक

वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढ्यो, कुन बैंकको अवस्था कस्तो छ?

काठमाडौँ। बैंकिङ क्षेत्रको वासलातमा चम्किने नाफाका अङ्कहरूले बाहिरबाट बजारको सुन्दर चित्र देखाइरहेका बेला त्यो चम्किलो आवरणभित्र नेपाली वित्तीय क्षेत्रले भने एउटा गहिरो चुनौतीको सामना गरिरहेको छ। विगत केही वर्षयता सुस्ताएको देशको समग्र अर्थतन्त्र, खुम्चिएको व्यापार व्यवसाय र बजारको घट्दो मागका कारण बैंकहरूले लगानी गरेको साँवा ब्याज समयमै फिर्ता आउन छाडेको