काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने भएको हो । सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ