काठमाडौं । बैंकहरुले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले भोलि अर्थात् असोज १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर प्रकाशन गरेका हुन् । असोजमा महिनाका लागि दुई वटा बैंकले मात्र ब्याजदर बढाएका छन् । प्रकाशित ब्याजदर अनुसार ९ वटा बैंकले भने घटाएका छन् ।