२६ भदौ २०८३, शुक्रबार

बैंक

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ३४ हजार ९०६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी मनिला कुमारी अग्रवालले आफ्नो नाममा रहेको उक्त सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।