काठमाडौं । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले नेपाल राष्ट्र बैंकले परिमार्जन गरेको चालु पुँजी कर्जासम्वन्धी मार्गदर्शन व्यावहारिक बनाएको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत राष्ट्र बैंकले परिमार्जन गरेको मार्गदशर्नलाई अलि खुकुलो अनि व्यावहारिक बनाएको बताएका हुन् । बुधवार राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन परिर्माजन गरेको हो ।