८ श्रावण २०८३, शुक्रबार

बैंक

२० वाणिज्य बैंकले घोषणा गरे लाभांश : बोनस भन्दा नगदमा जोड, तीन बैंकका सेयरधनी निराश

काठमाडौं । लाभांश सिजन चलिरहेको छ । बैंक तथा वित्तीय कम्पनीहरुले धमाधम आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरिरहेका छन् । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म २० बैंकले लाभांश घोषणा गरेका छन् । घोषणा गरेका मध्ये पाँच वटा बैंकले भने साधारण सभाबाट नै पारित गरि सेयरधनीलाई वितरण गरिसकेका छन्