काठमाडौं । एनएमबि बैंकले काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड संग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाण्डौं उपत्यका खानेपानीको महशुल बिना कुनै झंझट तिर्न सक्ने व्यवस्था मिलाएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।