एभरेष्ट बैंकको संचालकमा राकेश ग्रोवर नियुक्त
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको संचालकमा राकेश ग्रोवरलाई नियुक्त गरेको छ । बिहिबार बैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै संचालक नियुक्त गरेको जनाएको हो ।
बैंकको संयुक्त साझेदार पंजाब नेशनल बैंक लिमिटेडले अनिल बंसलको स्थानमा ग्रोवरलाई संचालक मनोनित गरेको हो ।














