७ श्रावण २०८३, बिहिबार

बैंक

आधार दर घट्को घट्यै: न्यून ब्याजदरमै ऋण दिन बैंकहरु तयार, सर्वसाधारणमा छैन् चासो

काठमाडौं । बाणिज्य बैंकहरुको आधार दर (बेस रेट) निरन्तर घटीरहेको छ । पछिल्लो एक वर्षको अवधिमा नै बेसरेट दुई प्रतिशत बिन्दुले घटेको छ । गत वर्षको पुस महिनामा २० वटा बैंकहरुको औसत आधार दर ९.१३६ प्रतिशत रहेको थियो । तर, एक वर्षको अवधिमा भने २.१२१ प्रतिशत बिन्दु घटेको छ ।