७ श्रावण २०८३, बिहिबार

बैंक

कात्तिकमा अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकमा कति पाइन्छ ब्याज ?

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् । कात्तिक महिनामा बैंकहरूको औसत ब्याजदर ६.१८७ प्रतिशतविन्दुमा झरेको छ। असोज महिनामा ६.३९८ प्रतिशतविन्दु रहेको थियो। हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुमध्ये १० वटाले ब्याजदर घटाएका छन् । त्यस्तै, यस्तो खातामा ९ वाणिज्य बैंकहरुले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका