२५ भदौ २०८३, बिहिबार

बैंक

ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा संकुचन, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको नाफा घटेको छ। बिहीबार प्रकाशित भएको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले ६ महिनामा बैंकको खुद नाफा १६.२९ प्रतिशत घटेको देखाएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।