काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालक फरहान तालिबले राजीनामा दिएका छन् । हिमालयन बैंकको सञ्चालक समितिमा हबिब बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै आएका कार्यरत सञ्चालक तालिबले राजीनामा दिएका हुन्। बैंकको सञ्चालक समितिको ४८४ औं बैठकले सोमबारदेखि लागुहुने गरी उनको राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ।