काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको ग्राहक सेवा १० घण्टाका लागि अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ग्राहक सेवा स्तरोन्नतीका लागि सो सम्बन्धि सफ्टवेअर अपडेट गर्नुपर्ने भएकोले पुष १४ गते राती ९ बजे देखि पुष १५ गते बिहान ७ बजेसम्म ग्राहक सेवा अवरुद्ध हुने जनाएको हो ।