काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १९.९८ प्रतिशत घटेर खुद नाफा २ अर्ब ६१ करोड ६७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।