काठमाडौं । वाणिज्य बैंकहरुका कर्मचारीहरुको तलब औसतमा साढे ५ प्रतिशत वृद्धि भएको छ । अधिकांश बैंकहरुले आफ्ना कर्मचारीको तलब, भत्ता लगायतका सुविधामा खर्चिने रकम वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासको वित्तीय विवरणलाई आधार मान्ने हो भने बैंकहरुका कर्मचारी खर्च ५.७६ प्रतिशत वृद्धि भएको छ ।