२१ कार्तिक २०८३, शनिबार

Development Bank

नेप्सेमा एक कम्पनीको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीको १५० प्रतिशत हकप्रद शेयर वापतको ३० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताले सोमवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।