काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैशाख २० गते मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । यसअघि सीईओ पोखरेलले २०७५ जेठ १ गतेबाट बैंकको प्रमुख कार्यकारी पदको जिम्मेवारी सम्हालेका थिए