काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । बैंकले आज (माघ ३ गते, सोमबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ८ वर्ष समय अवधी रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन तथा विक्री खुल्ला गरेको हो ।