३० भदौ २०८३, मंगलबार

बैंक

नेशनल लाईफले गर्यो कर्णाली प्रदेशका ७५ बढि अभिकर्तालाई सिईओ क्लब सदस्यबाट सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले सुर्खेत स्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।