काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्वन्धी एकीकृत निर्देशिका संशोधन गरेको छ । केन्द्रिय बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा तथा शुल्कसम्वन्धी व्यवस्था र शाखा रहित बैंकिङ्ग सेवा तथा आधिकारिक प्रतिनिधिसम्वन्धी व्यवस्था संशोधन गरेको हो । योसँगै एजेन्ट मार्फत गरिने वालेट कारोबारसम्वन्धीको व्यवस्थालाई संशोधन गरि आधिकारिक प्रतिनिधिमार्फत गरिने कारोबारको सीमा