काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारायण सुबेदीलाई नियुक्त गरेको छ । संस्थाका सीइओ सन्तोष निरौलाको पदावधी बैशाख २१ गते समाप्त हुदैछ । बैशाख १५ गते बसेको संचालक समितिको २२३औं बैठकले बैशाख २२ गतेदेखि लागू हुने गरी सुवेदीलाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।