राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा आफ्नो नाफामा ऐतिहासिक सुधार गर्दै उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार समीक्षा अवधिमा खुद नाफा १२९.३४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड २० लाख ५९ हजार रुपैयाँ पुगेको छ।