काठमाडौं । कोरोना भाइरस महामारीले थलिएको यातायात व्यवसाय उठ्नै नसक्ने अवस्थामा पुगेको भन्दै व्यवसायिले सरकारलाई गाडीको साँचो बुझाएका छन् । उनीहरुले आइतबार विभिन्न सातबुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत् सरकारलाई साँचो बुझाएका हुन् । यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई आज चाबी बुझाएका