काठमाडौं । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा दोस्रोपटक विघटन गरेकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको