३० श्रावण २०८३, शनिबार

Banner First

दसैँ नजिक आएसंगै सुनको मूल्यमा गीरावट, आइतबार बढेको सुन मंगलबार ५ सयले घट्यो

काठमाडौं । दसैं नजिक आउँदै गर्दा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ तोकेको छ । सोमबार सुनको मुल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ रहेको थियो ।