११ श्रावण २०८३, सोमबार

Banner First

दशैँको तेस्रो दिन: शक्ति दायिनी माता चन्द्रघण्टाको आरधना गरी मनाइँदै

काठमाडौं । आज नवरात्रीको तेस्रो दिन । यस दिन देवी दुर्गाको तृतीय स्वरुप चन्द्रघण्टाको पूजा आरधना गरी मनाइँदै छ । माता चन्द्र घण्टाको स्वरुप सौम्य छ । देवीको यस स्वरुपमा उनका १० हात र तीन नेत्र रहेको बताइन्छ । आगोजस्तै गाढा सुनौलो वर्णकी माता चन्द्रघण्टा बलवान सिंहमा आरुढ हुन्छिन् ।