१३ श्रावण २०८३, बुधबार

Banner First

राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रा.लि.,मोडर्न रेमिट्यान्स र भाटभटेनि मनि ट्रान्सफरको लाइसेन्स खारेज गरेको हो । नेपाल राष्ट्र बैंक, विप्रेषण विनिमावली, २०७९(प्रथम संशोधनसहित) को विनियम–१३ को उपनियम (५) बमोजिम ती कम्पनीहरुको लाइसेन्स गरेको भएको हो ।