१६ श्रावण २०८३, शनिबार

Banner First

बैंकर पक्राउ प्रकरणः हिरासतको अवधि लम्बिएपछि बैंकर्स संघले डाक्यो पूर्ण बैठक

काठमाडौं । नेपाल बैंकर्स संघले विहीबारका लागि पूर्ण बैठक बोलाएको छ । सबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ‘अव कसरी अघि बढ्ने’ भन्ने बारे निर्णय गर्ने एक बैंकरले बताए । तत्कालिन सेञ्चुरी कमर्शियल बैंकका कर्मचारी पक्राउ र म्याद थपको विषयलाई लिएर बैंकर्स संघले आफ्ना सबै सदस्यसँग छलफल गर्न खोजेको हो