काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बनेका छन् । पाण्डे सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको सानिमा रिलायन्सको सीईओ बनेका हुन् । यी दुवै कम्पनी मर्जरमा गई सानिमा रिलायन्स लाइफको नामबाट गत बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।