काठमाडौं । गएको जेठ १८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसमा हरियो झण्डा हल्लाए । त्यही बेला रंगिचंगी बेलुन, झिलिमिली बत्ति, फूलमाला र केराका पोथ्राले बेहुलीझैं सिंगारिएको पहेँलो रेल विराटनगरको भन्सार विन्दुमा प्रवेश गर्यो । नेपाली सीमाबाट केवल ७.६ किलोमिट टाढाको