काठमाडौं । अव राष्ट्र बैंकका कर्मचारीले कार्यस्थालमा वा कर्मचारी पोषाकमा टिकटक बनाउन नपाउने भएका छन । राष्ट्र बैंकका कर्मचारीले सामाजिक सञ्जालमा बैंक विरुद्धका कुरा वा लान्छनायुक्त कुरा फेसबुक ट्वीटर अन्यमा लेख्नसमेत रोक लगाएको छ । राष्ट्र बैंकको कर्मचारीले राष्ट्र बैंक विरुद्ध कुनै समाचार वा लेख लेख्नसमेत नपाउने भएका छन ।