काठमाडौं । नेपालमा डिजिटल भुक्तानीलाई स्थापित गर्न सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका विस्वास ढकाल फोन पेको अध्यक्षबाट बाहिरिएका छन् । उनको ठाउँमा अब पूर्व बैंकर शशिन जोशी नयाँ अध्यक्ष बनेका छन् । फोन पे ‘एफवान सफ्ट’ कम्पनीको भगिनी संस्था हो । ढकाल झण्डै दुई दशकदेखि यो समूहको अध्यक्ष थिए ।