२१ भदौ २०८३, आइतबार

पूर्वाधार

गाडी चढ्न तीन दिन पैदल हिड्नेको दैलोमा पक्की सडक पुग्दै

काभ्रे । ‘गाडी चढ्नकै लागि तीन दिन हिँड्नुपथ्र्यो । अब त घर अगाडिबाटै पीच सडकमा हिँड्न पाइने भएपछि को खुशी नहोला त ?’ सदरमुकामबाट गाउँपालिका जोड्ने सडक पक्की बन्ने भएपछि महाभारत–५, चारकिल्लाका ६२ वर्षीय कामीसिंह मोक्तानको हर्षमिश्रित प्रतिक्रिया हो यो । तीन वर्षअघिसम्म घरबाट हिँड्दा खाना पकाउने भाँडाकुडा, पिठो बोकेर