८ श्रावण २०८३, शुक्रबार

बीमा

ठुला जीवन बीमा कम्पनीको नयाँ व्यवसायमा दोहोरो अंकको वृद्धि, दुई वटा बाहेक सबैको व्यापार बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय दोहोरो अंकले वृद्धि भएको छ । पाँच महिनामै कम्पनीहरुले साढे १२ अर्ब रुपैयाँको नयाँ व्यवसाय भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको पाँच महिनामा कम्पनीहरुले १२ अर्ब