काठमाडौं । सरकारले आगामी अवको लागी १४ खर्ब ७४ अर्बको बजेट ल्याएको छ । यो बजेट चालु अवको तुलनामा ५८ अर्वले कम हो । कोरोना भाइसरका कारण मुलुक आक्रान्त भैरहेको अवस्थामा अर्थमन्त्री डा युवराज खतिवडाले यसै आवको भन्दा कम आकारको बजेट विनियोजन गरेका छन । बजेटको आकार घटेको छ ।