काठमाडौं। सरकारको नीति तथा कार्यक्रम बैशाख २८ गते पारित गरिने भएको छ। नेकपा एमाले संसदीय दलले आफ्ना सम्पूर्ण सांसदहरूलाई आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। दलले ह्वीप जारी गर्दै सबै सदस्यलाई अनिवार्य रूपमा संसद्मा उपस्थित भई मतदान गर्न भनेको छ।