काठमाडौं । ‘तेस्रो एशिया–प्यासेफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ । फोरम यही अक्टोबर १९ र २० मा आयोजना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देललगायतका उच्च अधिकारीले बिदाई गरेका थिए