काठमाडौं । सेयर लगानीकर्ता छोटेलाल रौनियारले नेपाल राष्ट्र बैङ्कका गभर्नरले लगानीकर्ताको कुरा नसुनेको बताए । उनले धितो कर्जाको सीमामा लगानीकर्तालाई जिस्काउने काम गरेको बताए । धितोपत्र ब्रोकर एसोसिएसन नेपालद्वारा विश्व लगानी सप्ताह २०२३ सन्दर्भमा आयोजित हाल पुँजी बजारमा देखिएका समस्या तथा समाधान विषयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।