काठमाडौं । पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेको छ । आयोगले महरामाथि भेपमा सुन तस्करी गरेको आरोपमा मुद्दा चलाउन सिफारिस गरेको छ । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीको छानबिन गर्न गठित आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो