काठमाडौं । नेपाल र जर्जियाले पर्यटन र लगानी प्रवद्र्धनमा सहकार्य गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका भारतका लागि जर्जियाका राजदूत अर्चिल जुलियाशभिलीले दुई देशबीचको आर्थिक सहकार्य विस्तारमा जोड दिए । नेपाल उद्योग परिसंघमा परिसंघ नेतृत्वसँगको छलफलमा राजदूत जुलियाशभिलीले नेपाल भ्रमणमा धेरै जर्जियाली नागरिक ईच्छुक रहेको पनि उल्लेख गरे ।