काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजिनामा मागेका छन् । प्रधानमन्त्री देउवाले उर्जामन्त्री पम्फा भुसाललाई शाक्यको राजिनामा माग्न भनेको स्रोतले बताएका छन् । स्रोतका अनुसार मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजिनामा दिन लगाएर पूर्वकार्यकारी