काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस (कोभिड-१९)को पिसिआर प्रविधिबाट परीक्षणलाई प्राथमिकता राखेको बताएका छन्। मन्त्रालयमा शुक्रबार आयोजित सङ्घीय संसद्का सांसदसँग मन्त्रालयको नीति तथा कार्यक्रम सुझाव सङ्कलनका क्रममा उनले पिसिआर परीक्षणका लागि पर्याप्त किट भएको जानकारी दिए। उनका अनुसार अहिले सरकारसँग पर्याप्तमात्रामा पिसिआर किट रहेकोे छ।