काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ फागुन ७ गते, शुक्रबार बाँडफाँड गरिएको छ । आवेदन दिएका कुल लगानीकर्तामध्ये ३ लाख २५ हजार १६३ जनाले १० कित्ता पाएको बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ । बाँकी रहेको २ कित्ता शेयर प्रतिव्यक्ति १ कित्ताका दरले दुई लगानीकर्तामा बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।