काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत राताम्य यात्राले निरन्तर पाएको छ । साताको पहिलो कारोबारको दिन हरियालीले स्वागत भएको बजार त्यस यताका चार वटै कारोबारमा भने ओरालो बाटो तय गर्यो । सेयर बजारमा आएको निरन्तरको गिरावटले लगानीकर्तामा निराश पैदा भएको छ । लगानीकर्ताको मनोबल कमजोर भन्दै गएको अवस्था छ